काठमाडौं- पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ।
स्वास्थ्य कार्यालयले काठमाडौंका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि फागुन २ गतेदेखि ८ गतेसम्मका खोप अभियान संचालन गर्दैछ।
पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत व्यक्ति,स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्ला स्तरीय जनपद प्रहरी, सिमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र जिल्ला भित्रका पत्रकारलाई खोप लगाउँदै छ।
स्वास्थ्य कार्यालयले लक्षित समुहमा परेका व्यक्ति सबैलाई पायक पर्ने खाेप केन्द्रमा सम्बन्धित कार्यालयकाे परिचय पत्र सहित गइ खाेप लगाउन अनुराेध गरेकाे छ।
यी हुन खोप केन्द्र तोकिएका स्थान