काठमाडौं— पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेको हो। दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन फागुन ८ गतेसम्म खोप अभियान चलाइने छ।
सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दोस्रो प्राथमिकतामा राखेर खाेप लगाउने निर्णय गरेकाे छ। राजधानीभन्दा बाहिरका संचारकर्मीले पनि आजदेखि नै खोप पाउने बताइएको छ।
साथै, पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ।
दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ।
यी हुन् काठमाडौंका १२ खोप केन्द्र