फाइल तस्बिर
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट ( मेसु ) को जिम्मेवारी डा वासुदेव पाण्डेलाई दिने निर्णय गरेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय बैठक गर्दै भरतपुर अस्पतालको मेसुमा डा पाण्डेलाई पठाउने निर्णय गरेको हुन्।
डा पाण्डेले मन्त्रालयबाट नयाँ जिम्मेवारीकाे पत्र पाएको जानकारी दिँदै एक,दुई दिनमा भरतपुर जाने बताए।
यसअघि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा थिए। दुइ साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले जिम्मेवारी हेरफेर गर्दै डा पाण्डेलाई मन्त्रालय तानेका थिए। डा पाण्ड वैशाखमा सरकारी सेवाबाट अवकास हुँदैछन्।