काठमाडौं– चिकित्सा शिक्षा आयोगले गतल विवरण पेस गरी चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा सहभागि भएका ३६ जना परीक्षार्थीलाई योग्यताक्रम (मेरिट)को सूचीबाट हटाएको छ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै एमडी एमएस र एमडीएस तर्फ शैक्षिक सत्र २०७६/७७ लागि लागि लिएको एकीकृत प्रवेश परीक्षामा खुल्ला सिट तर्फबाट आवेदन दिई उत्तीर्ण भएका ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको हो।
उनीहरु दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अंकमा झूटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको आयोगठको ठहर छ।
आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि २०७७ को दफा ८ को उपदफा ४ मा भएको व्यवस्था अनुसार योग्ता क्रमको सूचीबाट हटाएको जनाएको छ।
यसरी योग्यताक्रमको सूची बाट हटाइएका विद्यार्थीको संख्या एमडी एमएस तर्फ ३३ जना रहेका छन् भने एमडीएस तर्फका ३ जना छन्।
यसअघि आयोगले सरकारी तर्फका १३ जना विद्यार्थीलाई गलत विवरण पेस गरेको भन्दै योग्यताक्रमबाट हटाएको थियो।
यी हुने योग्यता क्रमको सूचीबाट हटाइएका ३६ जना विद्यार्थीहरु
यो पनि