काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयोजन मिलानको लागि पेस गरिएका अधिकांश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा नआएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले माघ २९ गते सूचना प्रकाशित गर्दै ‘स्वास्थ्य सेवाका कर्मचारी समयोजन मिलानसम्बन्धि व्यवस्थाहरु, २०७७’ बमोजिम समयोजन मिलानको लागि इच्र्छुक कर्मचारीहरुलाई तोकिएको ढाँचामा दोहोरो सहमति पत्र सहित फागुन १ देखि १६ गतेसम्म अनलाइन आवेदन माग गरेको थियो।
स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै समायोजन मिलानका लागि आएका अधिकाश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा नआएको र आवश्यक पुरा कागजातहरु सलग्न नगरेकोले समायोजन÷मिलान सम्बन्धी अनलाइन आवेदन गर्दा आवश्यक सम्पूर्ण कागजात सहित अनलाइन आवेदन दिन अनुरोध गरेको छ।
मन्त्रालयले तोकिएको ढाँचाको निवेदन र सहमति पत्र सहित अन्य कागजात प्राप्त नभएका निवेदन कारवाही प्रक्रियामा नजाने चेतावनी दिएको छ।
स्वास्थ्य मन्त्रालयले निवदेकले समायोजन भएको र समायोजन भई जान इच्छुक भएको तहको तोकिए बमोजिम ढाँचामा सहमति पत्र र यस अघि समायोजन भएको समयोजनको पत्र पनि निवेदनका साथ पेस गर्नुपर्ने बताइएको छ।
मापदण्ड अनुसार अब प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था छ।