काठमाडौं- अर्थ मन्त्रालयले २० लाख डोज कोभिडविरुद्दको खोप खरीदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा गरेको छ।
अग्रिम भुक्तानी गर्नुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार अर्थ मन्त्रालयमा रकम निकासाका लागि फाइल पेस गरेको थियो। आज सो रकम निकासा गरेको हो।
सरकारले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप खरीद गर्न लागेको छ।
‘अर्थबाट रकम आइसकेको छ। आजै कम्पनीलाई पठाउने प्रक्रिया पनि सुरु भएको छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो।
सरकारले प्रति एक डोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरीद गर्न लागेको छ। त्यसका लागि नेपालले कम्पनीलाई एक अर्ब रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने हुन्रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ।
सरकारले खरीद गर्न लागेको २० लाख डोज कोभिड खोप कोभिसिल्ड दुई चरणमा १० लाख आउने सम्भावना रहेको स्रोतको भनाई छ।
कम्पनीले २० लाख खोप दुई चरणमा पठाउन सक्ने सम्भावना रहेको बताएको तर अन्तिम निर्णय नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्रोतले भन्यो,‘हामी कम्पनीको नियमित सम्पर्कमा छौं। दुई चरणमा खोप पठाउने सम्भावनाबारे उनीहरुले बताएका छन्।आज बेलुका वा भोलिसम्म त्यसको निर्णय आउँछ होला।’
कम्पनीले खोप उपलब्ध गराउने तर त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने सर्त राखेपछि मन्त्रीपरिषद्को मंगलबार(हिजो) बसेको बैठकले बाधाअड्चन फुकाई खोप खरीदका लागि अग्रिम भुक्तानी गर्ने निर्णय गरिसकेको छ।
नेपालको कानुनी व्यवस्था अनुसार खरिद गरिएको सामग्री नेपाल आइसकेपछि मात्र भुक्तानी दिइन्छ। कम्पनीले राखेको प्रस्ताव नेपालको खरीद ऐन विपरीत भएपछि स्वास्थ्य मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषदमा पठाइएको थियो।
मरिपरिषद्को निर्णय पछि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रकम निकासा दिने र मन्त्रालयले कम्पनीको बैंकम अकाउन्टमा रकम जम्मा गर्ने बताइएको छ।
सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ।
दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरुलाई खोप लगाउने छ। सरकारले दोस्रो करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको छ।