काठमाडौं- पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने भएको छ।
जसपा संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईको भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार भइरहेको छ। उनी मंगलबार बिहान ९ बजे अस्पताल भर्ना भएका थिए।
उनी स्वास्थ्य उपचारका लागि गत आइतबार दिल्ली गएका थिए। यसअघि काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई ट्युमर भएको आशंकामा उपचारका लागि दिल्ली गएका हुन्।
उनको मंगलबारको परीक्षणपछि पेट स्क्यान र अरु केही परीक्षण गर्न चिकित्सकहरूले भनेका भट्टराईको सचिवालयले जनाएको छ। पेट स्क्यान, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्योल हुनेछ।