काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो।
शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै महाबाैद्धस्थित् वीर अस्पताल लगिएको थियो। जोशीलाई वीरबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित् नर्भिक अस्पताल लगिएको छ। उनको नर्भिकको आइसियूमा उपचार भइरहेको छ।
चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएका र अप्रेसनको तयारी भइरहेको जोशीका सहयोगी सुशान्त आचार्यले बताए।
जोशी पूर्वउद्योगमन्त्री हुन्। उनी गएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका थिए।