काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर सापकोटाले खोप लगाएका हुन्। खोप लगाएपछि सापकोटा अस्पताल परिसरमा रहेको आराम कक्षमा आराम गरिरहेका छन्।
संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी पनि खोप केन्द्रमा पुगेका छन्। उनले पनि खोप लगाउने बताएका छन्।
संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई आज, भोली र पर्सी खोप लगाउने व्यवस्था मिलाएको छ।