काठमाडौ–संघीय संसदका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सभामुख, मन्त्री तथा सांसदहरुको लागि सुरु भएको खोप कार्यक्रमको दोस्रो दिन बिहीबार ४९० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।
संसद सचिवालयका उपसचिव रामहरी थापाका अनुसार ६० जना सांसद र संसद सचिवालयका कर्मचारी तथा मन्त्रीका स्वकिय सचिव लगायत ४३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।
बुधबारदेखि सांसदहरुका लागि सुरु भएको खोप कार्यक्रम बिहीबार पनि १० बजेदेखि दिउँसो साढे ४ बजेसम्म संचालन भएको थियो। यसअघि बुधबार ४८२ जनाले खोप लगाएका थिए। दुई दिनमा सांसद र कर्मचारी गरि ९७२ जनाले कोरोना खोप लगाएका छन्।
सांसद तथा संसदका कर्मचारीका लागि शुक्रबारसम्म खोप कार्यक्रम जारी रहनेछ।
सांसदहरुको लागि खोप अभियान सकिएपछि सरकारले फागुन २३ गते आइतबारदेखि दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने तयारी गरिसकेको छ।