काठमाडौं– नेपाल फार्मेसी परिषद्ले फर्मासिष्ट र फार्मेसी सहायकलाई औषधि बिक्री वितरण गर्दा नाम अंकित सेतो एप्रोन अनिवार्य लगाउन निर्देशन दिएको छ।
परिषद्ले मंगलबार सूचना जारी गर्दै सामुदायिक वा अस्पतालमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकलाई औषधि बिक्री वितरण गर्दा एप्रोन अनिवार्य गर्ने निर्णय भएको भन्दै सोही अनुसार निर्देशन दिएको हो ।
परिषद्का अनुसार फर्मासिष्टले सेतो एप्रोनमा हरियो पृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित गरेर लगाउन भनेको छ।
यस्तै, फार्मेसी सहायकले सेतो एप्रोनमा निलोपृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित एप्रोन प्रयोग गर्नुपर्नेछ।
फर्मासिष्ट तथा फार्मेसी सहायकले नाम अंकित एप्रोन प्रयोग नगरी औषधि बिक्री वितरण गरेको पाइएमा परिषद्को नियम विपरित मानिने परिषद्ले जनाएको छ।
यस्तो छ परिषद्को निर्देशन