काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गर्दा कुनै स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकाले खोप सुरक्षित रहेको बताइएको छ। सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई विश्व स्वास्थ्य संगठनल आग्रह गरेको हो।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।
यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भन्दै विश्वव्यापी रुपमा प्रचार गरिएको छ । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन्।
उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो। त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः सुरु गर्ने बताएका छन्।
यो खोपले अप्ठेरोमा परेका विश्वका देशहरुलाई कोरोना भाइरसको प्रकोपबाट रोक्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि संगठनले दिएको समाचारमा जनाइएको छ।
कोभ्याक्समार्फत् विश्व स्वास्थ्य संगठनले हाल विश्वका कतिपय देशहरुमा वितरण गरिरहेको कोरोना विरुद्धको खोपमा ९० प्रतिशतभन्दा बढी यही खोप रहेको छ ।