काठमाडाैं- भारतले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउने समयान्तर बढाएको छ।
केन्द्र सरकारको निर्देशनअनुसार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेकाे कोभिसिल्डको पहिलो डोज र दोस्रो डोज लगाउने समय बढाइएकाे हाे।
नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनाइजेसन (एनटीएजीआई) र भ्याक्सिनेसन एक्सपर्ट ग्रुपको रिपोर्टअनुसार निर्णय परिवर्तन गरिएको हो। याेसँगै भारतमा पहिलाे डाेज लिनेले दाेस्राे डाेज लिन कम्तिमा ६ देखि ८ हप्तासम्म कुर्नुपर्ने छ।
पहिलो मात्रापछि दोस्रो मात्रा लगाउने अवधि ६ हप्तादेखि ८ हप्तासम्म फरक पार्दा खोपको प्रभावकारिता बढी हुने उनीहरुले दावी गरेका छन्। अहिलेसम्म यसको अन्तर २८ दिन छ।