कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवारभित्रै होली खेल्न आग्रह गरेको छ। तर पनि काठमाडौं उपत्यका लगायत विभिन्न शहरहरुमा होली पर्व धुमधामका साथ मनाइएको छ।
तपाईंको अनुहारमा दिनभरी खेलेको होलीको रंग अझै गइसकेको छैन होला। होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ।
अनुहारको छाला निकै संवेदनशील हुन्छ। यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ। जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ।
होलीको रंगले हुनसक्ने असर
- एलर्जी हुने।
- पानीको फोका आउने।
- छाला पत्र–पत्र भएर निस्किने।
- आँखा तथा मुख सुन्निने।
– छाला पोल्ने समस्या देखिन सक्छ।
होली खेलेपछि छालाको हेरचाह यसरी गरौं
– रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय बस्नु हुँदै।
– होली खेलिसकेपछि साबुनपानीले राम्रोसँग धुनुपर्छ।
– अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने।
– रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन।
– रंग नमेटिएमा मोस्चलाइजर क्रिमको सहायताले विस्तारै मेट्न सकिन्छ।
– रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चलाइजर क्रिम लगाउनुपर्छ।
– रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ।