काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट आइतबार बस्ने भएको छ। प्रतिष्ठान कार्षकारी परिषदको गत शुक्रबार बसेको बैठकले आइतबार सिनेट बैठक बस्ने निर्णय गरेको हो।
विगतमा परिषद बैठक न्याम्स कार्यालयमा नै बस्ने गरेको थियो। तर यसपटक कर्मचारी युनियनले अस्पताल सुधार र कर्मचारीहरुका धेरै मागका विषयमा चासो दिएपछि परिषद बैठक बाहिर बसेको थियो। कर्मचारीहरुले अस्पताल सुधार र कर्मचारीका हकहितका लागि २४ बुँदे माग राखेका छन्। उनीहरुले उक्त माग परिषद बैठकबाट पास गरेर सिनेटमा लैजान पनि माग गरेका छन्।
न्याम्स कर्मचारी युनियनले २४ बुँदे मागका विषयमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र उपकुलपति डा डिएन साहलाई बुझाएका छन्। यसका साथै उनीहरुले स्वास्थ्य राज्यमन्त्री र सचिवलाई पनि मागको विषयमा जानकारी दिएका छन्। कर्मचारी युनियनले माग पुरा नभए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ।
कर्मचारी युनियनले प्रतिष्ठान ऐन, कर्मचारी नियमावली, अस्पतालको सेवा सुधार, आइसियु शय्या थप गर्नुपर्ने, ट्रमा सेन्टर वीर अस्पताल माताहत सञ्चालन हुनुपर्ने, अस्पतालको नया सर्जिकल भवन सञ्चालन, उपकरणहरुको मर्मत गर्नुपर्ने, कोभिड भत्ता उपलब्ध गराउनु पर्ने लगायतका २४ बुँदे माग राखेका छन्।
यस्ता छन् युनियनले राखेका मागहरु