काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउदैँ छ।
आजदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।
उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ। यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्ने छन्।