काठमाडौं– देशभर हाल २२९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १७० आइसियु र ५९ जना भेन्टिलेटरमा गरी २२९ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ८ आइसियु, बागमती प्रदेशमा ६७ जना आइसियु र ४१ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा एकजना आइसियु र एकजना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ जना आइसियु र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियुमा रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा १० जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको १२ वटा अस्पतालमा गरी ९० जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यस्तै ३९६ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ९ आइसियु, ७ भेन्टिलेटर र ७६जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल, छाउनीमा ६ जना आइसियु र २७ जना आइसोलेसनमा, वीर अस्पतालमा ४ आइसियु, ४ भेन्टिलेटर र ३३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा एकजना भेन्टिलेटरमा र ३७ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १० भेन्टिलेटरमा ५४ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३ आइसियु, १ भेन्टिलेटर र ९ जना आइसोलेसनमा, पाटन अस्पतालमा ६ आइसियु, १० भेन्टिलेटर र ५८ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १७ जना आइसोलेसनमा, भक्तपुर अस्प्तालमा एकजना संक्रमित आइसोलेसनमा छन् । यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ३० जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसियु, ३ जना भेन्टिलेटर र २१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा ६ जना आइसियु, २जना भेन्टिलेटरमा र ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।