काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ।
गत २४ घण्टामा २ हजार ४ सय २८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को उदयपुरमा ३, झापामा २१, ताप्लेजुङमा २, धनकुटामा २, मोरङमा ११३, संखुवासभामा २ र सुनसरीमा मात्र ३६ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ८, पर्सा ७९, बारामा १०, महोत्तरीमा ७, रौतहटमा ७, सप्तरीमा ६, सर्लाहीमा ७ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ९८७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १७, चितवनमा २२, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १२, भक्तपुरमा ८१, मकवानपुरमा ३०, रामेछापमा ५, ललितपुरमा १०६, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ४, तनहुँमा ४, नवलपरासी पूर्वमा २, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा ८, लमजुङमा २, बागलुङमा ७ र स्याङजामा १४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा २७, गुल्मीमा १०, दाङमा २३, नवलपरासीमा १६, पाल्पामा ४२, प्युठानमा ८, बर्दियामा ३१, बाँकेमा २७७, रकुम पूर्वमा १, रुपन्देहीमा १२५ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कणर्ाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा २, दैलेखमा ५, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ६ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३७, कैलालीमा ७३, डडेल्धुरामा ३, डोटी १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।