नेपालगन्ज- बाँकेमा आज मात्र ३८८ जनामा कोरोना संक्रमण पोजिटिव देखिएको छ। यो अहिलेसम्मकै धेरै संख्या हो।
पछिल्लो २४ घण्टामा गरिएको ४८२ जनाको पिसिआर परीक्षण गर्दा ३८८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)बाँकेले जनाएको छ।
आज भेरी अस्पतालको पिसिआर ल्यावमा २७६ जनामध्ये २४८, मेडिकल कलेज कोहलपुर ल्यावमा १०७ मध्ये ७३, बागेश्वरी ल्यावमा ७४ मध्ये ५९ र जमुनाहा नाकामा २५ मध्ये ८ जनामा संक्रमण पुष्टि भएको डिसिसिएमी बाँकेले जनाएको छ।
पछिल्लो समय बाँकेमा तिव्र रुपमा संक्रमण फैलिएपछि भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरको कोभिड वार्ड भरिएको छ। हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ।
डिसिसिएसी बाँकेका फोकल पर्सन तेजबहादुर वलीले संक्रमित संख्या बढ्दै गएकाले हरेक पालिकामा अक्सिजन सहितको आइसोलेसन सेन्टर आवश्यक भएको बताए।