काठमाडौं- औषधि व्यवस्था विभागले कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि आयातका लागि अनुमति दिएको छ।
बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो।
बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल औषधि आउन लागेको विभागले जनाएको छ।
यी औषधि निर्यातका लागि हाम्रो मेडी कन्सर्न र आयान हेल्थ केयर प्रालिलाई अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए। विभागका अनुसार आगामी एक साताभित्र यी औषधि नेपाल भित्रनेछ।
कोरोना संक्रमण बढ्दै गएपछि भारतमा रेमडिसिभिर औषधिमा प्रतिबन्ध लगाएको छ। नेपालमा यो औषधि अभाव हुन नदिन बंगलादेशबाट निर्यातका लागि अनुमति दिइएको केसीले जानकारी दिए।