काठमाडौं-राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले विदेश जाने प्रयोगजनले कोभिड-१९ पिसिआर परीक्षणक लागि कोरोना परीक्षण गर्न सबै सरकारी र ५ वटा प्रयोगशालालाई मात्र अनुमति दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को वैशाख ८ गते बसेको बैठकले ‘ए’ वर्गको मात्र प्रयोगशालालाई पिसिआर परीक्षण गर्न दिने निर्णय गरेको भन्दै निजी क्षेत्रका पाँच प्रयोगशालालाई मात्र अनुमति दिएको छ।
स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पताल, मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ अस्पताल भैरहवा र ह्याम्स अस्पतालले मात्र विदेश जाने प्रयोजनका लागि कोभिड-१९ पिसिआर परीक्षण पाउने भएका छन्।
एनपिएचएलले पासपोर्ट वा भारत यात्रामा जाने व्यक्तिको पहिचान खुल्ने कागजात परीक्षण गरेर मात्र नमुना संकलन गर्ने व्यवस्था गर्न मान्यता पाएका प्रयोगशालालाई निर्देशन दिएको छ।
साथै, नाकाहरुमा अनलाइनबाटै रिपोेर्ट हेर्न मिल्ने व्यवस्थाका लागि विदेश जाने प्रयोजनका लागि मान्यता प्राप्त प्रयोगशालाले रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड देखिने तथा अनिवार्य आइएमयू अनलाइन प्रणालीबाट अद्यावधिक हुने व्यवस्था तत्काल लागू गर्न समेत एनपिएचएलले निर्देशन दिएको छ।
एनपिएचएलले केही सिमित प्रयोगशालालाई मात्र परीक्षण गर्ने अनुमति दिई सिण्डिकेट गर्न खोजेको टिप्पणी भएको छ।