काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन्। कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।
नर्भिक अस्पताल स्रोतका अनुसार पूर्व राजा ज्ञानेन्द्र र कोमल स्वास्थ्यमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन्।
भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ७ गते स्वदेश फर्केका थिए। स्वदेश फर्किएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो।