काठमाडौं- कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बाँके सबैभन्दा बढी प्रभावित देखिएको छ। जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार जिल्लाभर दुई हजार १२१ जना सक्रिय संक्रमित रहेका छन्।तीमध्ये एक हजार ६८ जना होम आइसोलेसनमा छन्।
भेरी अस्पतालमा ५७ सिकिस्त र १२४ जना मध्यम खालका संक्रमित उपचाररत रहेका छन्। ७ जना भेन्टिलेटरमा रहेका छन्।
नेपालगन्ज मेडिकल कलेजमा २६ जना सिकिस्त र २९ जना मध्यम खालका संक्रमितको उपचार भइरहेको डिसिसिएमसी बाँकेले जनाएको छ। त्यसैगरी, कोहलपुर कोभिड अस्पतालमा ३ सिकिस्त सहित ९ जना उपचाररत छन्। होटल ह्वाइट हाउस मनिकापुरको आइसोलेसनमा ३९ जना संक्रमित रहेको बताइएको छ।
पछिल्लो समय संक्रमितको संख्या बढेपछि अस्पतालका बेडहरु भरिएका छन्। चिकित्सकहरुले सबै स्थानीय
तहमा जनशक्ति र अक्सिजन सहितको आइसोलेसन बेड थप गर्न अपिल गरेका छन्। डिसिसिएमसी बाँकेका अनुसार सबैभन्दा बढी नेपालगन्ज उपमहानरपालिका हालसम्म चार हजार १४८ संक्रमितमध्य एक हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन्। त्यहाँ ४५ संक्रमितको मृत्यु भइसकेको छ। दुई हजार ६७२ जना संक्रमित भने निको भइसकेका छन्।
कोहलपुर नगरपालिकामा एक हजार ३४० संक्रमितमध्ये ३३२ सक्रिय संक्रमित रहेका छन्। एक हजार १ जना निको भइसकेका छन्। भने १७ संक्रमितको मृत्यु भएको छ।
खजुरा गाउँपालिकामा ११५ संक्रमितमध्ये ३८८ संक्रमित निको भइसकेका छन्। हाल खजुरामा ११८ सक्रिय संक्रमित छन्। त्यहाँका नौँ संक्रमितको मृत्यु भइसकेको छ।
जानकी गाउँपालिकामा १७५ संक्रमितमध्ये ४४ जना सक्रिय संक्रमित छन् भने १२९ जना निको भइसकेका छन्। जानकी गाउँपालिकाका दुई संक्रमितको मृत्यु भएको छ।
त्यसैगरी, डुडुवा गाउँपालिकामा हालसम्म ११६ जना संक्रमित भएका छन। ७५ जना संक्रमित निको भएका छन् भने ४१जना सक्रिय संक्रमित रहेका छन्।
नरैनापुर गाउँपालिमा १३१ जना संक्रमित भएकामध्ये १२६ जना निको भइसकेका छन्। नरैनापुरमा हाल १३ सक्रिय संक्रमित छन् भने दुई संक्रमितको मृत्यु भएको छ छन् भने दुई संक्रमितको मृत्यु भएको छ।
बैजनाथ गाउँपालिकाका २४७ संक्रमितमध्ये १८५ निको भइसकेका छन्। हाल ५७ जना सक्रिय संक्रमित छन्। त्यहाँका ५ संक्रमितको मृत्यु भएको छ।
राप्तिसोनारी गाउँपालिकामा ३२१ जना संक्रमित भएका मध्ये २३३ जना निको भएका छन्। हालसम्म् ८५ सक्रिय संक्रमित रहेको राप्तिसोनारीमा ३ जनाको मृत्यु भएको छ।
स्रोतः जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र, बाँके
बाँकेमा हालसम्म बाहिर जिल्ला समेतको गरी १८३ जनाको मत्यु भएको छ। जसमध्ये बाँकेका ८३ जना संक्रमितको मृत्यु भएको छ।
संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बैशाख ९ गतेदेखि नेपालगन्ज उपमहानरपालिका क्षेत्र र वैशाख १२ (आज)देखि कोहलपुर नगरपालिकामा लकडाउन गरेको छ ।