काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयाेगशालाहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको समेत जनाएको छ।
मन्त्रालयले सबै प्रयोगशालाहरुलाई कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड-१९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन विपरित कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुको परीक्षण गर्ने गराउने गरेको पाइएमा कारवाहि गरिने समेत जनाएको छ।
![](https://swasthyakhabar.com/uploads/editor/178386919_450253099399442_4889973906443172313_n.jpg)