काठमाडौं- काठमाडौं उपत्यकामा बिहीबार (१६ वैशाख) मध्य रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ।
सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
यसबारे विस्तृत निर्णय गर्न अहिले गृहमन्त्रालयमा छलफल चलिरहेको गृहप्रवक्ता जनकराज दाहालले बताए।