काठमाडौं- देशभर ४४६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर रहेका ३८ हजार ८१३ सक्रिय संक्रमित मध्ये ४४६ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३३१ जना आइसियु र ११५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। बागमतीमा आइसियुमा १४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन्।
प्रदेश १ मा ४० जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश २मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा ८४ जना आइसियु र २० जना भेन्टिलेटरमा, कणर्ाली प्रदेशमा २७ जना आयुसियु र ७ जना भेन्टिलेटरमा र सुदुरपश्चिम प्रदेशमा २२ जना आइसियु र ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
उपत्यकामा ११६ जना आइसियु र ५९ जना भेन्टिलेटरमा
सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं उपत्यकामा अस्पताल अनुसार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा ११ जना आइसियु र ८ जना भेन्टिलेटर, वीरेन्द्र अस्पताल छाउनीमा ३ जना आइुिसयु र २ जना भेन्टिलेटरमा। वीर अस्पतालमा ५ जना आइसियु र २ जना भेन्टिलेटरमा र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आइसियु र १० जना भेन्टिलेटर उपचाररत छन्।
त्यसैगरी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १५ जना आइसियु र ६ जना भेन्टिलेटरमा, पाटन अस्पतालमा ९ जना आइसियु र ९ जना भेन्टिलेटरमा, निजामती अस्पतालमा १ जना आइसियुमा,भक्तपुर अस्पतालमा ५ जना आइसियु र २ जना भेन्टिलेटरमा, ग्राण्डी अस्पतालमा ३ जना आयसियु र ८ जना भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २८ जना आइसियु र ६ जना भेन्टिलेटरमा र स्टार अस्पतालमा ६ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन्।