काठमाडौं- बाँकेका थप ७ कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा वैशाख १छ गते उपचारका लागि भर्ना भएका ६६ वर्षिय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका १ का ती पुरुषको वैशाख १६ गते पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ५ का ४८ वर्षिय पुरुषको पनि गयराति ९ः१० बजे निधन भएको छ। उनको वैशाख १४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका २ का ५१ वर्षिय पुरुषको पनि आज बिहान ३ः३० बजे निधन भएको छ। उनको वैशाख ६ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो। उनी वैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ६० वर्षिय महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको छ। वैजनाथ गाउँपालिका ८ उनलाई ती महिलाको हिजो नै पिसिआर पोटिटिव आएपछि अस्पताल भर्ना गरिएको थियो।
डिसिसिएमसी बाँकेका अनुसार बढैयाताल गाउँपालिका ८ का ४७ वर्षिय पुरुषको पनि आज बिहान ६ः ३० बजे भेरी अस्पतालमा निधन भएको छ। वैशाख १७ गते भेरी अस्पतालमा पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएका उनलाई वैशाख १८ गते अस्पतालमा भर्ना गरिएको थियो।
त्यसैगरी, खजुरा गाउँपालिका २ का ३२ वर्षिय पुरुषको भेरी अस्पतालमा आज बिहान ८ः३० बजे मृत्यु भएको छ। वैशाख ५ गते पिसिआर रिपोर्ट पोजिटिव आएका उनलाई वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो।
काेहलपुर नगरपालिका १५ का ६० वर्षिय पुरुषको आज बिहान १ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। उनकाे १७ गते पिसिआर रिपोर्ट पोजिटिव आएकाे थियाे। उनी १७ गते नै अस्पताल भर्ना भएका थिए।
योसँगै हालसम्म बाँके जिल्लाका १३५ संक्रमितको मृत्यु भएको छ। बाँकेमा उपचाररत रहेका बाहिरी जिल्लाका १२२ संक्रमितको मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ।
बाँकेमा हाल ३ हजार ८९६ जना सक्रिय संक्रमित रहेका छन्। हिजो मात्र बाँकेमा जिल्लाका ९ र बाहिरी जिल्लाका ३ गरी १२ संक्रमितको मृत्यु भएको थियो।