कैलाली– धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन्
पुरुषको गत राति साढे १ बजे र महिलाको बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
त्यस्तै, धनगढी उपमहानगरपालिका–२ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजे मृत्यु भएको जोशीले जानकारी दिए।
सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।