काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले संक्रमितको उपचारका लागि सरकारले शय्याको व्यवस्था गर्दै गइरहेको जानकारी दिएका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुमा कोभिड शय्या थप गर्ने काम अगाडि बढीरहेको जानकारी दिएका हुन्।
उनले निजी अस्पतालहरुले हरेक दिन आफूहरुसँग रहेका शय्याको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु पर्ने निर्णय भएको पनि जानकारी दिए। निजी अस्पतालमा के कति शय्या भरिएका छन् र के कति खाली छन् भन्ने थाहा पाउन सरकारले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले कुनै अस्पतालले शय्याको विवरण नपठाएमा वा लुकाएमा कारबाही गरिने पनि जानकारी दिए।