काठमाडौं - देशभर हाल सात सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५७८ आइसियु र १४२ जना भेन्टिलेटरमा गरी ७२० जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ५११ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा ८९ आइसियु र १६ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२० आइसियु र ८८ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७८ जना आइसियु र १८ जना भेन्टिलेटरमा, कर्णालीमा ३२ जना आइसियु र ७ जना भेन्टिलेटरमा सुदूरपश्चिम प्रदेशमा १० जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २२७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ हजार १ सय ८१ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १८ आइसियु, ८ भेन्टिलेटर र १६७ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ५ जना आइसियु र ७१ जना आइसोलेसनमा, वीर अस्पतालमा ६ आइसियु, २ भेन्टिलेटर र ९९ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ९ आइसियु र १२९ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, ११ भेन्टिलेटरमा र ६६ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसियु, ७ भेन्टिलेटर र १५३ जना आइसोलेसनमा, पाटन अस्पतालमा १२ आइसियु, ९ भेन्टिलेटर र १०१ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसियु र ३३ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसियु, १ भेन्टिलेटर र ४८ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १४१ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १० जना आइसियु र ६ जना भेन्टिलेटरमा र ४४ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा १८ जना आइसियु, ५ जना भेन्टिलेटरमा र ८६ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ३६ आइसियु, ७ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, स्टार अस्पतालमा ५ आइसियु, १ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।