काठमाडौं– महाराजगञ्जस्थित शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीको मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ।
क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरस्थित नयाँ भवनमा अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको अस्पतालले जनाएको छ। अहिले ४० शय्या सञ्चालनमा आइसकेको अस्पतालको भनाइ छ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले नयाँ तयारी गरिएको बताए।
तयारीका सम्बन्धमा जानकारी लिन मंगलबार साँझ काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टोली अस्पताल पुगेका थिए।