काठमाडौं - औषधि व्यवस्था विभागले रसियन खोप ल्याउने बाटो खुला गरेको छ। कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भी लाई आयातको अनुमति दिएसँगै बाटो खुला गरेको हो।
विभागले लोमस फर्मालाई खोप आयात गर्न अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए। आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने उनले बताए।
विभागले यसअघि बुधबार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्सलाई र भारतको बायोएन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको थियो।
यस्तै, केसीले रेमडिसिभिरको थप भाइल वैशाख २९ गतेसम्म नेपाल आउने जानकारी दिए। कति भाइल आउने भन्ने हाल यकिन नभएपनि थप भाइल आउन लागेको उनले बताए।