काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ ल्याएको छ। मन्त्रालयले कोभिड-१९ महामारीमा संक्रमितको उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेकाले अक्सिजनको प्रयोग तथा आवश्यकतालाई सुनिश्चित गर्न मापदण्ड ल्याएको हो।
मापदण्ड अनुसार आइसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने क्रिटिकल बिरामीका लागि एक मिनेटमा १० लिटरका दरले प्रति दिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने कुरा उल्लेख छ।
यस्तै, एचडीयूमा राखी उपचार गर्नुपर्ने जटिल बिरामीका लागि प्रति मिनेट ८ लिटरका दरले प्रति दिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ।
यसका साथै, अस्पतालमा अक्सिजनसहित उपचार गर्नु पर्ने बिरामीका लागि प्रति मिनेट ४ लिटरका दरले प्रति दिन औसतमा ६ हजार लिटर अक्सिजन आवश्यक पर्छ।
हेरौं मापदण्ड