काठमाडौं– चीनबाट ४ सय अक्सिजन सिलिन्डरसहित १ सय ७३ अक्सिजन कन्सनटेटर पनि आउने भएको छ।
होङसि होल्डिङ ग्रुपले २ सय थान अक्सिजन कन्सनटेटर सहयोग गर्ने भएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १ सय ७३ वटा अक्सिजन कन्सनटेटर ल्याउने भएको छ। होङसि होल्डिङ ग्रुपले नेपालमा होङसि शिवम् सिमेन्ट उद्योग सञ्चालन गर्दै सिमेन्ट उत्पादन गरिरहेको छ।
यस अघि ४ सय सिलिन्डर र २० थान भेन्टिलेटर आउने भनिए पनि अहिले संशोधन भइ ४ सय थान सिलिन्डर, १० थान भेन्टिलेटर र १ सय १७ थान अक्सिजन कन्सनटेटर आउने भएको छ।
यी सामान लिन नेपाल एयरलाएइन्सको वाइडबडी जहाजले सोमबार बेलुका ११ः३० मा बेइजिङ उडान गर्दै छ। जहाज मंगलबार दिउँसो काठमाडौं आइपुग्ने छ।