काठमाडौं– चीन सरकारले दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडाैंमा आइपुगेको छ।
नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाजमार्फत् आज दिउँसो ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। सामान लिन बेइजिङ गएको जहाज दिउँसो करिब साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थलले जानकारी दिएको छ।
चीनको होङ्सी होल्डिङ ग्रुपले दिएको २०० थान अक्सिजन कन्सनटेटरमध्ये नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १७३ वटा ल्याएको छ।
यी सामान लिन वाइडबडी जहाज सोमबार बेलुका बेइजिङ प्रस्थान गरेको थियो।