काठमाडौं– देशभर १३ सय भन्दा बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८४ जना आइसीयू र २९० जना संक्रमित भेन्टिलेटरमा गरी १ हजार ३७४ जना उपचाररत छन्।
प्रदेश १ मा १२७ आइसीयू र २९ भेन्टिलेटरमा, प्रदेश २ मा ६० आइसीयू र ३७ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२९ आइसीयू र १८४जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ८२ जना आइसीयू र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६० जना आइसीयू र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १०२ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आइसीयू र ८जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २६० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १२ आइसीयू, ८ भेन्टिलेटरमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू वीर अस्पतालमा ५ आइसीयू, २ भेन्टिलेटरमा र नेपाल प्रहरी अस्पतालमा ३ आइसीयूमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसीयू, १५ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा २१ आइसीयू, १५ भेन्टिलेटरमा पाटन अस्पतालमा १३ आइसीयू, १४ भेन्टिलेटरमा रहेका छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, १ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ४ आइसीयू, १ भेन्टिलेटर उपचाररत छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ जना आइसीयू, ६ भेन्टिलेटर, ह्याम्स अस्पतालमा २० जना आइसीयू, ९ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, १६ र स्टार अस्पतालमा ७ आइसीयू, ७ भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ।