काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार ५२० जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर विधि र ५३०
जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५२९ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट आठ हजार ४६७ र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएका छन्।
२४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ। ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६ हजार १३५ जना व्यक्ति निको भएका छन्।