प्रश्न: कोभिड भ्याक्सिन लगाएपछि आमाले आफ्ना बच्चालाई स्तनपान गराउन मिल्छ की मिल्दैन?
डा संगीता मिश्रको उत्तर :
– कोभिड भ्याक्सिन लगाएपछि महिलाले पूर्ण रुपमा आफ्नो बच्चालाई स्तनपान गराउन मिल्छ।
– कोभिड भ्याक्सिन लगाएपछि आमाको दूध र बच्चालाई असर गर्छ भन्ने भनाई आधारहीन हो।
– कोभिड भ्याक्सिन लगाएको पहिलो दिनमा पनि आमाले स्तनपान गराउन मिल्छ।
त्यसकारण स्तनपान गराउन मिल्दैन भन्ने भ्रममा नपर्नुहोला।