काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो।
अध्यादेशमा कोभिड संक्रमणका समयमा प्रभावकारी ढंगमा काम अगाडि बढाउने विषय रहेको बताइएको छ।