काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको भन्दै नयाँ अक्सिजन सिलिण्डरको उपलब्धताका आधारमा नयाँ बिरामी भर्ना गर्ने जनाएको छ।
प्रतिष्ठानले सुचना जारी गर्दै अक्सिजनमा प्लान्टमा प्राविधिक समस्याका कारण पर्याप्त अक्स्जिन उत्पादन हुन नसक्दा बिरामीको उपचारका लागि अक्सिजन उत्पादक कम्पनीबाट सिलिण्डर भरेर आपूर्ति गर्नुपर्ने बाध्यता आएको समेत जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणी पोख्रेलले प्लान्टको मर्मत कार्य भइरहेकोले प्लान्ट पूर्ण रुपमा संचालनमा नआउँदा सम्म वा अक्सिजनको वैकल्पिक व्यवस्था नभएसम्म भर्ना गरिएका कोभिड बिरामीको उपचारमा अक्सिजन आवश्यक पर्ने भन्दै उपलब्धताका आधारमा मात्र नयाँ कोभिड बिरामी भर्ना गर्ने बताएका छन्।