काठमाडौं- कोरोना संक्रमित भई आर्मी अस्पतालमा उपचारत पूर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन भएको छ। उनकाे आज बिहान ४ बजे निधन भएकाे बताइएकाे छ।
परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेकी गुरुङको स्वास्थ्यमा समस्या आएपछि २ दिन अघि आर्मी अस्पताल पुर्याइएको थियो। त्यहाँ पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको बताइएको छ।
नेपाल सरकारबाट सेवा अवकाश पाएकी गुरुङले स्वास्थ्य मन्त्रालयकाे नर्सिङ महाशाखामा समेत काम गरेकी थिइन।