काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को जिम्मेवारी दिने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयको केही दिनअघि बसेको बैठकले विभागका महानिर्देशक डा सिंहलाई सीसीएमसीको जिम्मेवारी दिने निर्णय गरेको हो।
सीसीएमसीमा प्रतिनिधित्व गरेपनि उनले नै विभागको जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। यसअघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधित्व गरेका थिए।
डा सिंह मन्त्रालयका १२ औँ तहका अधिकारी हुन्। सरकारले ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश२०७८ मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य सेवाका १२ औँ तहको अधिकृत सदस्य रहने व्यवस्था छ।