काठमाडौं - चीनले अनुदान स्वरुप उपलब्ध गराउने १० लाख डोज कोभिड खोपमध्ये २ लाख डोज आइतबार नेपाल भित्रने भएको छ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दुई लाख डोज तिब्बतबाट आइतार नेपाल भित्रने बताए। बाँकी आठ लाख डोज जुुन १ तारिखसम्ममा आउने मन्त्री ज्ञवालीले जानकारी दिए।
उनले भने, ‘चीनले उपलब्ध गराउने १० लाखमध्ये २ लाख पर्सि ३० तारिखमा तिब्बतबाट आउँछ। बाँकी आठ लाख डोज जुन १ सम्ममा आउँछ।’
जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो। यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ।