काठमाडौं- ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र अपराधीलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पताका कर्मचारी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
घटनाबारे बुझ्न र साथ दिन प्रमुख जिल्ला अधिकारी अस्पताल नगएपछि उनीहरु आफैं प्रशासन कार्यालयमा पुगेका हुन्। घटनाको विरोध गर्दै भेरी अस्पतालका कर्मचारीले अपराधीलाई आफ्नो अगाडि उपस्थित नगराएरसम्म र कारबाहीको ग्यारेन्टी नभएसम्म अस्पतालमा नयाँ बिरामी भर्ना नलिने बताइकेका छन्।
अस्पतालका कर्मचारी प्रशासन कार्यालय अगाडी धर्ना दिएर बसिरहेका छन्।
‘सिडियो सर अस्पताल पनि आउनु भएन। त्यसैले हामी नै उहाँलाई भेटेर आफ्ना माग राख्न आएका हौँ। अहिले भित्र उहाँसहित अस्पतालका मेसु, प्रहरी लगायत बैठक बसेको छ रे। हामी बाहिरै छौँ,’ स्टाफ नर्स यमकुमारी थापाले भनिन्।
आफूहरुले प्रहरीले केही व्यक्तिलाई प्रकाउ गरेको सुनेपनि विश्वास गर्ने आधार नभएको बताइन। उनले भनिनु,‘प्रहरीले समातेको सुनेपनि विश्वास गर्ने आधार छैन। हाम्रो अगाडि ल्याएर देखाउनु अनि हामी सोध्छाँै, हाम्रो के गल्ती भयो। अनि मान्छौँ।’