काठमाडौं– भेरी अस्पतालले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि ज्यान मार्ने उद्देश्यले सांघातिक हमला गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी दिएको छ। अस्पताल विकास समितिले घटनामा संलग्न रहेका लोक बहादुर रावत, मन बहादुर रावत र भरत रावत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको जनाएको हो। तीनै जना अहिले प्रहरी नियन्त्रणमा छन्।
बिहीबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। ड्युटीमा रहेका चिकित्सक तथा नर्सहरुले शौचालयको झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका थिए।
घटनाका विषयमा स्वास्थ्यकर्मीले दिएको जानकारी हेरौं भिडियोमा