काठमाडौं– सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजना गरेको जानकारी दिएका हुन्।
मन्त्री पौडेलले कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि जनशक्तीको अभाव हुन नदिन अवकाश प्राप्त तथा इन्टर्नसिमा रहेका स्वास्थ्यकर्मीलाई समेत तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एकवर्षको सेवा करारमा लिएर खटाउने व्यवस्था मिलाइएको जनाकारी दिए।
उनले कोरोना संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमानाका तथा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन र होल्डिङ सेन्टर स्थापना गरीने पनि जानकारी दिए।
स्थानीय तहमा क्वारेन्टिन निर्माण, कन्ट्याक ट्रेसिङ, आइसोलेसन सेन्टर स्थापना, जनशक्तीको व्यवस्थापन र औक्षषधि उपकरणको नियमित आपूर्तिका लागि यो रकम विनियोजन गरिएको मन्त्री पौडेलको भनाइ छ।
उनले कोरोना संक्रमतिलाई उपचारका लागि शय्या अभाव हुन नदिने पनि बताए।
उनले संक्रमति भइ घरमै रहेकाहरुको निरन्तर निगरानी र आवश्यक पराशर्म र उपचारका लागि गुम्ति सेवा कल सेन्टर, मनोसामाजिक परामश, आपतकालिन उपचार र अक्सिजन सपोट लगाएतका सेवा निशुल्क उपलब्ध गराइएको बताए।