काठमाडौं - गत माघ १४ देखि फागुन २३ गतेसम्म कोरोना विरुद्दको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका र चैत्र २५ देखि वैशाख १५ सम्म भेरोसेलको पहिलो मात्रा लगाएका सरकारी कर्मचारीलाई आज र भोलि खोपको दोस्रो मात्रा दिइने भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले सिंहदरवार परिसरभित्रका संवैधानिक निकाय, सरकारी निकाय(संवैधानिक निकाय, मन्त्रालय, विभाग, कार्यालय, सुरक्षा निकाय,सार्वजनिक संस्थान लगायत) का पदाधिकारी,, कर्मचारी र सुरक्षाकर्मीलाई आज र भोलि खोपको दोस्रो मात्रा दिन लागेको हो।
स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले सिंहदरवार भित्र नै खोप केन्द्र संचालन हुने भएकाले पहिलो मात्रा लगाएको खोप र कार्यालयको परिचय पत्र अनिवार्य रुपमा लिएर खोप लगाउन अनुरोध गरेका छन्।
सरकारले हालसम्म २१ लख १३ हजार ८० जनालाई कोभिड कोभिसिल्ड र भेरोसेलको पहिलो मात्रा र ६ लाख ५४ हजार ८५१ जनालाई कोभिड विरुद्द पूर्ण खोप अर्थात दुई डोज खोप लगाइसकेको छ।