काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने बेलायतका सञ्चारमाध्यमले लेखेको समाचारमा कुनै सत्यता नभएको बताएको छ।
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा अहिलेसम्म छुट्टै नयाँ भेरियन्ट पुष्टि भएको छैन। उनले विदेशी सञ्चार माध्यमलले लेखेका समाचारमा विश्वास नगर्न आग्रह गरे।
बेलायतका केही सञ्चार माध्यमलले नेपाल भेरियन्टको कोरोना देखिएको समाचार लेखेका छन्। डा पौडेलले अहिलेसम्म यस्तो भेरियन्ट पुष्टि नभएको बताए।
नेपालमा अहिले नेपालमा बेलायतमा भेटिएको अल्फा र भारतमा भेटिएको डेल्टा भेरियन्ट देखिएको छ।