काठमाडौं - देशभर हाल १ हजार ८ सय ४२ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ४४ आइसीयू र ३९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ८ सय ३१ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा २२१ आइसीयू र ५७ भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आइसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२६ आइसीयू र २५६ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १३९ जना आइसीयू र २३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६९ जना आइसीयू र २५ जना भेन्टिलेटरमा, कर्णालीमा ४६ जना आइसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५९६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १९ आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आइसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ जना आइसीयू र २० भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४२ आइसीयू र १७ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र १२ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ८७ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १७ आइसीयू र ३ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १६ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५३ आइसीयू र २८ भेन्टिलेटरमा, स्टार अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा १० आइसीयू र २ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र ४ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ११ आइसीयू र ६ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १२ आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ९ आइसीयु र ४ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ५९ आइसीयू र ७ भेन्टिलेटरमा छन्।