काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता शेरबहादुर तामाङले पाएका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई पदमुक्त गर्दै नेता तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।
मन्त्री तामाङले स्वास्थ्यमन्त्री पदको सपथ पनि लिइसकेका छन्।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री तामाङले कोरोना भाइरस विरुद्ध प्रयोग हुने खोपको खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका छन्।
स्वास्थ्यखबरसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नेपालीलाई खोप लगाउने व्यवस्थान मिलाउने कामलाई प्राथमिकता दिने पनि बताए।
'महामारीको बेला महत्वपूर्ण जिम्मेवारी पाएको छु। यसलाई अवसरका रुपमा लिएर काम गर्ने गर्नेछु,' तामाङले भने, 'मेरो लागि चुनौती र अवसर दुवै हो। महामारीको अवस्थामा सफल बन्न सकेँ भने मेरो राजनीतिक जीवन अझै माथि पुग्नेछु।'
तामाङ ओली क्याबिनेटमा केही समय पहिला कानुन तथा संसदीय मामिला मन्त्री भएका थिए।